मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

दाङ : तुलसीपुर उप–महानगरपालिका ८ बुद्विनगरी टोलको सातुखोलामा सोमबार राती साँढे ११ बजे अबैध रूपमा ढुङ्गा चोरी गर्दै गर्दा नेकपा (बहुमत) ले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको छ ।

सोमबार मध्य राती रा १ त ३४४६ नम्बरको ट्याक्टरलाई ढुङ्गा चोरी गर्दै गर्दा पार्टीले नियन्त्रणमा लिएको थियो । ढुङ्गा, बालुवा यसरी चोरी तस्करी हुँदा खोलाले धार परिवर्तन गर्ने र बस्ती नै जोखिम पर्ने भएको हुँदा नियन्त्रणमा लिएको नेकपा (बहुमत) तुलसीपुरले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) तुलसीपुर नगर पार्टी इन्चार्ज सजक, युवा जनस्वयमसेवक जिल्ला सचिव टोपेन्द्र, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष प्रेमलगायत नेतृत्वको टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :