नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) तुलसीपुर नगर भेला तयारी पूर्ण बैठक मङ्गलबार तुलसीपुरमा सम्पन्न भएको छ ।

पार्टी नगर इन्चार्ज सजकको अध्यक्षतामा बसेको बैठकले नगर भेलाको व्यापक तयारी लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा सङ्गठन बिस्तार गर्ने, नगर भेला तयारीका लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा वडा कमिटी, इकाई कमिटी गठन गरिने जनताहरूसँग भेटघाट गर्ने, जनताहरूका जनजीबिका मुद्दाहरूमा छलफल गर्ने, पार्टीको नीति, कार्यक्रमहरू जनताहरूलाई बुझाउने लगाएका निर्णय गरिएको तुलसीपुर नगर पार्टीले जनाएको छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुन, युवा जनस्वयमसेवक केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला पार्टी संयोजक बिरेन्द्र लगायतले प्रशिक्षण दिए भने युवा जनस्वयमसेवक जिल्ला अध्यक्ष अजय, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष प्रेम, शान्तिनगर गाउँपालिका पार्टी इन्चार्ज माईकल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :