जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन बिस्तार अभियन अन्तरगत युवा जनस्वयमसेवक नेपालले बिहीबार तुलसीपुर उप–महानगरपालिकामा सुबासको संयोजकमा १५ सदस्यीय ६ नम्बर वडा इकाइ कमिटी गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी नगर इन्चार्ज सजकले देश र समाज परिवर्तनमा युवाहरूको विशेष भूमिका हुने बताउँदै दलाल संसदीय पुँजीवादी सत्ताले देशमा चरम सङ्कट निम्त्याएको बेला युवा जनस्वयमसेवक नेपालले जनताका जिबिकाका मुद्दाहरूलाई मुख्य मुद्दा बनाउँदै वर्ग दुश्मुनहरूसँग सङ्घर्ष गर्दै वर्गीय मुक्तिका लागि युवाहरू लड्नु पर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी नगर इन्चार्ज सजक, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्लाका अध्यक्ष प्रेम, युवा जनस्वमसेबक दाङका जिल्ला सचिव टोपेन्द्र, जिल्ला सदस्य इन्द्रजित लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता वसन्तले गरेका थिए भने सञ्चालक जिल्ला सदस्य लिलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :