अखिल नेपाल महिला सङ्गठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल महिला सङ्गठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले इन्चार्जमा विमला भण्डारी अध्यक्षमा विमला शेर्पा उपाध्यक्षहरू रुविना चौधरी, अञ्जु खड्का र जानकी तिमिल्सिना सचिवमा सुमित्रा मगर र सह–सचिवमा विक्रममिया महतों कोषाध्यक्षमा रचना प्रजासहित ३१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

उक्त भेलामा प्रमुख अतिथिमा अ.ने.म. सङ्गठनकी केन्द्रीय अध्यक्ष अञ्जना, बिशेष अतिथिमा नेकपा (बहुमत) चितवनका जिल्ला संयोजक विजय, अतिथिहरूमा भरतपुर महानगर इन्चार्ज जीवन, महानगर संयोजक काका, इच्छाकामना पालिका इन्चार्ज अभय, मजदुर जिल्ला इन्चार्ज ओम, युवा जनस्वयम्सेवक, नेपाल चितवनका उपाध्यक्ष सुविन र माडी नगरपालिका इन्चार्ज शान्तिको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :