युवा जनस्वयमसेवक, नेपाल पोखरा महानगरको प्रथम भेला सम्पन्न

युवा जनस्वयमसेवक, नेपाल पोखरा महानगरको प्रथम भेला सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल कास्कीको पोखरा महानगरको प्रथम भेलाले सम्पन्न भएको छ । शनिबार युवा जनस्वयंसेवक नेपाल कास्कीको पोखरामा आयोजित महानगर स्तरीय भेलाले पोखरा महानगर कमिटी अन्तर्गत २१ सदस्यीय कमिटी रहने गरी सम्पन्न गरेको हो । साथै युवा जनस्वयमसेवक नेपाल कास्की पोखरा महानगरको प्रथम भेलाबाट अध्यक्षमा बिनोद, उपाध्यक्षमा निसान, सचिबमा दिपक र कोसाध्यक्ष रहनेगरी २१ सदस्य निर्वाचित भएका छन् ।

नेकपा (बहुमत) का महाधिवेशन आयोजक समिति सदस्य एवम् कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की जिल्ला संयोजक बद्री अधिकारी, पोखरा महानगर समिति इन्चार्ज रबिन्द्र राई, युवा जनस्वयंसेवक नेपालका केन्द्रीय सदस्य प्रमोद सिंह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम युवा जनस्वयंसेवक नेपाल कास्की जिल्ला सदस्य सुलभ तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :