नेकपा (बहुमत) दोलखा जिल्लाको वडा कमिटी गठन

नेकपा (बहुमत) दोलखा जिल्लाको वडा कमिटी गठन

शैलुङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको आठ नम्बर वडाको वडा कमिटी गठन गरिएको छ । नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् दोलखा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनयराज शर्माको प्रमुख आतिथ्यमा युवा जनस्वयंसेवक नेपाल दोलखा जिल्ला इन्चार्ज भरत घिसिङको सञ्चालनमा कार्यक्रम सुरु भई कमिटी गठन गरिएको थियो ।

पुँजीवादी व्यवस्थाले जनताको भलो गर्दैन यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको दिशामा अघि बढौँ ! कार्यकारी राष्ट्रपतीय प्रणालीको चुनाव गरौँ !! भन्ने मुल नारासहित दोलखा जिल्लाको शैलुङ गाउँपालिकामा कृष्ण बिक वडा संयोजक रहने गरि २१ सदस्यीय आठ नम्बर वडा कमिटी गठन गरेको छ ।

उपस्थितिहरूको आ–आफ्नो ठाउँबाट समस्यासहित गुनासो र उठाएको प्रश्नको जवाफ जिल्ला संयोजक अन्जान र पार्टी केन्द्रीय सदस्य दोलखा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनयराज शर्माले प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :