दाङमा जनजागरण अभियान घनीभूत बन्दै

दाङमा जनजागरण अभियान घनीभूत बन्दै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन विस्तार अभियन दाङमा घनीभूत रूपमा चलिरहेको छ । अभियानअन्तर्गत दाङका विभिन्न ठाउँमा सङ्गठन निर्माण, पुनर्गठन चलिरहेको छ ।

यसै क्रममा युवा जनस्वयम्सेवक नेपालले बिहीबार तुलसीपुर उपमहानगरपालिकामा सुवासको संयोजकत्वमा १५ सदस्यीय ६ नम्बर वडा एकाइ समिति गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टी नगर इन्चार्ज सजकले देश र समाज परिवर्तनमा युवाहरूको विशेष भूमिका हुने बताए । दलाल संसदीय पुँजीवादी सत्ताले देशमा चरम सङ्कट निम्त्याएको बेला युवा जनस्वयम्सेवक नेपालले जनजीविकाका समस्यालाई मुख्य मुद्दा बनाउँदै वर्गदुस्मनसँग सङ्घर्ष गर्दै वर्गीय मुक्तिका लागि युवाहरू लड्नुपर्ने सजकले बताए ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ जिल्ला अध्यक्ष प्रेम, युवा जनस्वयम्सेवक दाङका जिल्ला सचिव टोपेन्द्र, जिल्ला सदस्य इन्द्रजितलगायत अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता वसन्तले र सञ्चालन जिल्ला सदस्य लीलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :