नेकपा (बहुमत) महाधिवेशन आयोजक समितिका सदस्य राजीव रिहा

नेकपा (बहुमत) महाधिवेशन आयोजक समितिका सदस्य राजीव रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङ ६ दिनपछि रिहा भएका छन् । बिहीबार उनलाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार धरौटीमा रिहा गरेको हो । उनलाई भदौ ११ गते काठमाडौँबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको थियो ।

राजीवको रिहाइको माग गर्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले आफ्नो पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विषयलाई लिएर देशव्यापी ‘राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान’ सञ्चालन गरिरहेको र सोही अभियानमा लागेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :