नेकपा (बहुमत) दोलखाद्वारा शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम

नेकपा (बहुमत) दोलखाद्वारा शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाले शिक्षक र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दोलखा जिल्ला पार्टीले एकदिने शिक्षक अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सारदा माध्यमिक विद्यालयमा सम्पन्न गरेको हो ।

नेकपा (बहुमत) केन्द्रीय सदस्य एवम् दोलखा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनय राज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राध्यापक मानबहादुर तमाङ, विद्यालय व्यवस्थापन समितिको अध्यक्षसहित १८ जना शिक्षकहरू र २० भन्दा बढि मानिसहरू अन्तरक्रिया कार्यक्रममा सभागी थिए ।

सभागी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का केन्द्रीय सदस्य बिनय राज शर्माले यतिबेला शैक्षिक क्षेत्र शैक्षिक ब्यापारी माफियाहरूले कब्जा गरेको, शैक्षिक क्षेत्रमा बिकृति फैलिएकोले यसको वैज्ञानिक सुधार गर्नुपर्ने, विद्यार्थी माथि नै विद्यालय प्रशासनले नै अनैतिक अभद्र व्यबहार गरेकोले यसको ब्यापक रूपमा भन्डाफोर गर्दै शैक्षिक माफियालाई सबैजना मिलेर जन कारवाही गर्दै अगाडि बढ्नुपर्ने बताउँदै आवश्यक सबै ठाउँमा समयमा पाठ्यक्रम पुर्याउन यसको लागि सबैजनासँग एक जुट भएर सम्बन्धित निकायमा जनदवाव दिएर अगाडि बढ्नुपर्ने बताए ।

विद्यालयका प्राध्यापकले अहिले हाम्रो विद्यालयमा आवश्यक पाठ्यपुस्तक नभएकोले विद्यार्थी भाई बैनीले पढ्न नपाएको गुनासो गरेका थिए । नेकपा (बहुमत) ले जनक शिक्षा सामाग्रीका हाकिमलाई कारवाही गरेको कुराले आफूहरू खुसी भएको अब चाँही समयमा पाठ्यक्रम आइपुग्ने आशावादी पनि भएको जानकारी दिँदै तपाइंहरूको अभियानलाई साथ र सहयोग गर्ने मानबहादुर तामाङले बाचा दिएका थिए ।

सो कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) का जिल्ला संयोजक अन्जानले गरेका थिए भने कार्यक्रममा युवा जनस्वयंसेवक नेपालका जिल्ला संयोजक भरत पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :