सुर्खेतमा ६ दलको बिरोध प्रदर्शन सम्पन्न

सुर्खेतमा ६ दलको बिरोध प्रदर्शन सम्पन्न

सुर्खेत : पेट्रोलियम पदार्थको मुल्य वृद्धि, अति आवश्यक वस्तु र सेवाको मुल्य वृद्धि, कृषि मलको चरम अभाव, राष्ट्रघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक बिरूद्ध सोमबार वीरेन्द्रनगरमा ६ दलको विरोध प्रदर्शन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय समिति सचिवालय सदस्य तथा भेरीकर्णाली व्युरो इञ्चार्ज पुर्णसिंहले भने, ‘धतुराको बोटमा धतुरो नै फल्छ त्यसबाट हामीले स्याउको आशा गर्न सकिँदैन । सामाजिक दलाल पॅूजीवादी संसदवादले जनतालाई जेदिनु पर्ने हो त्यही मात्र दिन सक्छ । देश र जनतालाई कमिसन भ्रष्टाचार शोषण अन्याय अत्याचार हत्या बलात्कार मूल्य वृद्धि एमसीसी, एसपीपी , नागरिकता विधेयक जस्ता असंख्य राष्ट्रघाति र जनघाति कामहरू गर्दै गएको छ । यसलाई अझै बढाउॅदै लगेर एक दिनदेशको अस्तित्वमा नै संकट आउनेछ त्यसैले यो दलाल पॅूजीवादी व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नजनता जागेर आन्दोलनमा सहभागी हुनु जरूरी छ ।’

त्यस्तै कार्यक्रमका अतिथि नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इञ्चार्ज पुर्ण पौडेलले सम्पूर्ण नेपाली जनता जागेर यो व्यवस्था फालेर समाजवाद स्थापना गरेपछि मात्र जनताले सम्पूर्ण विकृति विसंगति अन्याय अत्याचार राष्ट्रघातबाट मुक्ति पाउनुका साथै न्याय समानता सुख शान्ति सम्वृद्धि पाउनेछन् भने।

नेकपा (वहुमत) केन्द्रीय सचिवालय सदस्य हिमाल, केन्द्रीय सदस्य यामराज लगायतको आतित्थ्यता सहित जनता र कार्यकर्ताको उप्स्थितिमा वीरेन्द्रनगरमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा कालिकोट जिल्लाइंचार्ज कर्णबहादुर बिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :