कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

सुर्खेत : साम्राज्यवादको दलाल देउवा सरकारको प्रहरी प्रशासनको व्यापक दमन, धरपकड र ज्यादतीको प्रतिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले महँगी, मूल्य वृद्धि, राष्ट्रघातविरुद्ध बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चक्काजाम कार्यक्रम सम्पन्न गरिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने, हरेक वस्तुमा गरिएको मूल्य वृद्धि र महँगी नियन्त्रण गर्नुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने, अमेरिकी सैन्य सम्झौता एसपीपी अस्वीकार गरिनुपर्ने, विगतका असमान सन्धि–सम्झौताहरू खारेज गरिनुपर्ने, राजनीतिक अस्थिरता अन्त्यका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने, स्वाधीन संयुक्त सरकार गठन गरिनुपर्ने, हरेक नागरिकलाई रोजगारी र भूमिको अधिकार सुनिश्चित गरिनुपर्नेलगायत माग राख्दै चक्काजाम गरिएको जानकारी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतका संयोजक तिलक पौडेलले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :