पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

सुर्खेत : सरकारले बेहिसाबले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि, जनताको ढाडै भाँच्चिने गरी हरेक उपभोग्य वस्तुमा भएको महँंगी, दलाली, कमिसन, कालोबजारी र राष्ट्रघातका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले वीरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ ।

मालेमावाद जिन्दावाद ! पेट्रोलियम पदार्थको मुूल्य वृद्धि खारेज गर ! बढ्दो महँगी नियन्त्रण गर ! राष्ट्रघाती सन्धिहरू खारेज गर ! कार्यकारी जनताबाट प्रत्यक्ष निर्वाचित गर ! लगायत नारा लगाउँदै निकालिएको मसाल जुलुसपछि आयोजित कोणसभामा सम्बोधन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज यमराजले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नभएसम्म जनतामाथि शोषण, बेरोजगारी, अन्याय, अत्याचार, हत्या, बलात्कार, दलाली, कमिसन, कालोबजारी र राष्ट्रघात बढ्दै जाने बताए । उनले अब जनतासामु सङ्घर्षको विकल्प नरहेको धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :