नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर, ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कालीकोट : नेकपा (बहुमत) कालीकोटमा सङ्गठन विस्तारको लहर चलेको छ । जिल्ला भेलाले शीतल संयोजक रहने गरी ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको समाचार प्राप्त भएको छ ।

सम्मेलन तयारी समिति गठन गर्न आयोजित भेलामा पार्टी इन्चार्ज युगान्तले विप्लव–प्रकाण्डहरू संसदीय संशोधनवादी बनेर दलाल पुँजीवादी व्यवस्थाको सेवा गर्न चुनावमा गएकाले क्रान्तिकारी पार्टी पुनर्गठन गर्नुपरेको बताए ।

भेलामा जिल्ला संयोजक शीतलले कालीकोटमा वैज्ञानिक समाजवाद स्थापनाका लागि अघि बढ्ने क्रान्तिकारी उभारलाई कसैले पनि रोक्न नसक्ने बताए ।

भेलाले पार्टीको जिल्ला सम्मेलनका साथै विभिन्न जवस र मोर्चाहरूको पनि भेला र सम्मेलन गर्ने निर्णय गरेको बताइएको छ । जिल्लामा संसद्वादी पार्टीहरू एकातिर र नेकपा (बहुमत) अर्कातिर भएकाले क्रान्तिकारी आन्दोलन तीव्र गतिमा अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :