अखिल (क्रान्तिकारी) कर्णालीको प्रथम बैठक तथा प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) कर्णालीको प्रथम बैठक तथा प्रशिक्षण सम्पन्न

सुर्खेत : सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एक होऔँ ! वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अगाडि बढौँ !! भन्ने मुल नाराका साथमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु क्रान्तिकारी कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य हिमालले राणाकालदेखि आजसम्म सत्ता र व्यवस्था बदल्नका लागि जनताले त्याग र बलिदानका साथ धेरै रगत बगाएता पनि त्यो बदलिएको छैन । जनताले मुक्ति पाएको छैन । दलाली व्यवस्था र दलाल नेताहरू नै नेपालको सत्तामा हावी हुँदै जाँदा सुगौली सन्धिदेखि हालसम्मका राष्ट्रघाती सन्धिलालाई माथ गर्दै अझैँ घातक एमसीसी, एसपीपी र नागरिकता विधेयकसम्म अगाडि बढ्न खोजी रहेका छन् । नेपाललाई उपनिवेश बनाउने, फिजीकरण गर्ने, अमेरिका–भारत मिलेर गरिने चीनका विरूद्धको द्वन्द्वमा नेपाललाई हालेर युक्रेनको स्थितिमा पुर्याउँदै देशको अस्तित्वसमेत नामेट गर्ने योजनाहरू अगाडि बढीरहेका छन् । त्यसैले देशको अस्तित्व रक्षा गर्न, स्वतन्त्रता, राष्ट्रिय स्वाधीनताको सुनिश्चित गर्न साथै शान्ति विकास र सम्वृद्धिका लागि सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै नेपालीहरू जागेर यो दलाल संसदवादलाई फालेर वैज्ञानिक समाजवाद स्थापना गर्नु जरूरी भैसकेको छ भन्ने धारणा राखे ।

विशेष अतिथि अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाहले साम्राज्यवादको दवावमा परेर दलाल संसदवादले नेपाली जनताको मौलिक हकको रूपमा रहेको निःशुल्क तथा अनिवार्य रूपमा पाउनुपर्ने शिक्षाको अधिकारसमेत हनन् गर्दै यो दलाली व्यवस्थाले शिक्षामा निजीकरण, व्यापारीकरण, माफियाकरण गराउँदै शिक्षालाई दलाल अनि बेरोजगारहरू मात्र उत्पादन गर्ने थलो बनाएकोले यो शिक्षा प्रणालीलाई खारेज गरेर वैज्ञानिक, व्यवहारिक र रोजगारी मुलक वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सहिदप्रति श्रद्धाञ्जली र बेपत्ताप्रति सम्मानबाट आरम्भ गरिएको र नेकपा (बहुमत) केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इञ्चार्ज यामराज, नेकपा (बहुमत) मुगु जिल्ला संयोजक बिनोद लामा, नेकपा (बहुमत) वीरेन्द्रनगर इञ्चार्ज सिद्ध खड्का र सेक्रेटरी सर्जनसिंह ठकुरी, युवा सङ्गठन केन्द्रीय सदस्य बादल, अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य जानकी मल्ल लगायतको आतिथ्यता रहेको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रम अनेरास्ववियु (क्रान्तिकारी) कर्णाली प्रदेश समिति संयोजक डिबी शाहीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :