मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा नेपाल सरकार, कर्णाली प्रदेश, मुख्य मन्त्रीको कार्यालय सुर्खेतमा सोमबार धर्ना कार्यक्रम सम्पन्न भएको छ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, कालो बजारीलाई कारवाही गर भन्ने नाराकासाथ गरिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इञ्चार्ज यामराजले विभिन्न किसिमका कमिसन र थप शुल्क लगाउॅदै पेट्रोलियम पदार्थको मूल्य बेहिसाबले बृद्धि गराएर सरकारले जनताको ढाडै भाँचिने र बाँच्न पनि मुस्किल हुने अवस्था सिर्जना गरेको हुँदा पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिएर हरेक बस्तुमा भएको मूल्यबृद्धि, महँगी, कालो बजार तुरून्त नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतका संयोजक तिलक पौडेलले सरकारले बेलैमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेज गर्दै महँगी नियन्त्रण गरोस् र जनता आन्दोलनमा आउनुपर्ने अवस्था नबनोस् यदि त्यो अवस्था सिर्जना गरियो भने त्यसको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :