नेकपा (बहुमत) कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न

नेकपा (बहुमत) कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । जिल्लाको घाडाघोडीमा सम्पन्न भेला तथा बैठकले प्रकाश रावल ‘अनमोल’ को संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

उक्त भेला तथा बैठकले २३ सदस्यीय जिल्ला सचिवालय समिति पनि निर्माण गरेको छ । साथै नेकपा (बहुमत) निकट महिला, युवा, पत्रकार, विद्यार्थी, किसान, मगर, श्रमिक नेपाल र शिक्षकलगायतका मोर्चाहरूको जिल्ला भेला÷सम्मेलनसमेत गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला सम्मेलन मङ्सिर महिनाभित्र गरिसक्ने, भेला तथा बैठकले जिल्लामा देखिएका शैक्षिक विकृति, स्वास्थ्य माफिया, वातावरणीय पर्यावरणको दोहन, कृषक समस्या, मल र बिउको कालोबजारी मेडिकल माफिया, लघुवित्तको ठगी, मिटर ब्याजीहरूका बिरुद्धमा सङ्घर्ष केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै राष्ट्रिय जनतन्त्रका बिषयमा सङ्घर्ष गर्ने भएको छ । उक्त पार्टीले आफ्नो पार्टीका तत्कालीन दीर्घकालिन रणनीतिक एवम् कार्यनीतिक सवालहरूमा जिल्लाभरि वालपेन्टिङ्गसमेत गर्ने भएको छ । उक्त प्रथम भेला तथा बैठकमा प्रमुख अतिथि सेती–महाकाली व्यूरो इन्चार्ज महान, अतिथिहरू जिल्ला इन्चार्ज सिखर, व्यूरो कार्यालय सचिव सङ्घर्ष, नवौँ महाधिवेशन आयोजक समिति सदस्य अमृत, विज्ञान, रोषन, समुन्द्र, बाजुरा जिल्ला संयोजक केशव, जिल्ला सल्लाहकार सदस्य टिका धामी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :