नेकपा (बहुमत) दाङको बिशेष भेला सम्पन्न, संयोजकमा तिलक

नेकपा (बहुमत) दाङको बिशेष भेला सम्पन्न, संयोजकमा तिलक

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाले विशेष भेला सम्पन्न गरेको छ । उक्त भेलाद्वारा ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ ।

आइतबार दाङ घोराहीको नारायणपुरमा भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि सार्दूलले संसारमा चुनावी प्रक्रियामार्फत सर्वहारा वर्गको राज्यसत्ता स्थापना नभएको स्मरण गराउँदै झनै दलाल संसदीय व्यवस्थामा सामान्य नागरिकले चुनाब जितेर राज्यसत्ता बदल्ने कल्पनासमेत गर्न नसकिने बताए । नेपालका कम्युनिस्ट पार्टीहरू किन फुट्छन्, नेपालका कम्युनिस्ट पार्टीहरु संसद्‌वादी भए, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्ष चुनौति लगायतका बिषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुनले क्रान्तिमा विप्लवले धोका दिएको बताउँदै विप्लव आत्मसुरक्षावादी भएको बताए । एकीकृत जनक्रान्तिका नाममा १२ जनाले रगत बगाएको स्मरण गर्दै क्रान्तिमा विप्लवले धोका दिएको भन्दै क्रान्तिको झण्डा आफूहरूले झुक्न नदिने बताए । यस्तै भेलाले तिलक पुनको नेतृत्वमा जिल्ला भेला आयोजक समितिसमेत गठन भएको छ ।

भेलामा नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रकाशन तथा प्रचार/प्रसार विभाग प्रमुख नवीन, पाल्पा जिल्ला संयोजक दिग्दर्शन, गुल्मी जिल्ला संयोजक चिराग, अर्घाखाँची जिल्ला संयोजक बारुद, अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य इन्दु वलि, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य हिमाल लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सुर्यप्रकाशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :