पेट्रोलियम पदार्थमा फेरि अत्यधिक मूल्य वृद्धि, मूल्य वृद्धिविरुद्ध नेकपा (बहुमत) द्वारा जनता र सवारी साधनसहित सडकमा निस्किने घोषणा

पेट्रोलियम पदार्थमा फेरि अत्यधिक मूल्य वृद्धि, मूल्य वृद्धिविरुद्ध नेकपा (बहुमत) द्वारा जनता र सवारी साधनसहित सडकमा निस्किने घोषणा

काठमाडौँ : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो कार्यकालको आठ महिनामा पेट्रोलियम पदार्थमा बाह्रौँपटक मूल्यवृद्धि गरेपछि नेकपा (बहुमत) ले जनता र सवारी साधनसहित सडकमा उत्रिने निर्णय गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सोमबार विज्ञप्ति जारी गरी पार्टी कार्यकर्तालाई आजैदेखि देशव्यापी शीघ्र प्रतिक्रियात्मक विरोधसहित सडक आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा अत्यधिक वृद्धि गरेको छ । देउवा सरकारले ८ महिनामा १२ पटक मूल्य वृद्धि गरिसकेको छ । यो मूल्य वृद्धिले एकातिर आमजनताको दैनिक जीवन असाध्यै कष्टप्रद बनिराखेको छ । यातायात, ढुवानी, उपभोग्य वस्तुको मूल्यमा नकारात्मक प्रभाव परिरहेको छ तर यहाँका शासकहरू, मूल रूपमा दलाल पुँजीपतिहरूका प्रतिनिधिहरूले ब्रह्मलूट गरिराखेका छन् । यही ब्रह्मलूटका आधारमा पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भएको जगजाहेरै छ ।’

प्रेसविज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टीले मूल्य वृद्धिलगायत राष्ट्रियता, जनतन्त्रमाथि थोपरिएका सबै किसिमका शोषण र दोहनका विरुद्ध विगतदेखि निरन्तर सङ्घर्ष गर्दै आएको छ । लगातारको मूल्य वृद्धिका विरुद्ध सङ्घर्ष गरिरहँदा पनि पुनः अत्यधिक मात्रामा मूल्य वृद्धि गरिएकाले हाम्रो पार्टी आमजनतालाई सडक सङ्घर्षमा आउन हार्दिक अपिल गर्दछ । साथै हाम्रो पार्टीका सबै तहका समितिहरूलाई आजकै दिनदेखि योजनाबद्ध सङ्घर्षमा उत्रिन निर्देशन गरिन्छ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :