नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतको वीरेन्द्रनगर नगर समितिको विशेष भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज यमराजले वैज्ञानिक समाजवादी कार्यदिशा, स्वाधीन संयुक्त सरकारको कार्यनीति, संसद्वादको अन्त्य, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, सामाजिक रूपान्तरण, शान्ति, स्वाधीनतालगायत कार्यक्रम जनताको सहभागितामा कार्यान्वयन गरेर मात्र देशमा वैज्ञानिक समाजवाद आउने र त्यसले मात्र देश र जनताको मुक्ति गर्दै स्वाधीनतासहितको शान्ति र समृद्धि प्राप्त हुने बताए ।

भेलालाई केन्द्रीय सल्लाहकार अर्पन, जिल्ला संयोजक तिलक पौडेललगायतले सम्बोधन गरेका थिए ।

सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलीबाट सुरु गरिएको विशेष नगर भेलाले कुशलको संयोजकत्वमा १५ सदस्यीय नगर समिति पुनर्गठन गरेको छ । भेलाले राजनीतिक, वैचारिक, साङ्गठनिक, आर्थिकलगायत विभिन्न विषयमा निर्णय गरेको छ । भेला नगर संयोजक कुशलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :