नेकपा (बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

नेकपा (बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले दिग्दर्शनको नेतृत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिति निर्माण गरेको छ ।

पुनर्गठित जिल्ला समितिले प्रथम जिल्ला भेला गर्ने निर्णय गरेको छ । बैठकले नेकपा (बहुमत) निकट महिला, युवा, पत्रकार, विद्यार्थी, किसान, मगर, कुमाललगायत जनवर्गीय सङ्गठन र मोर्चाहरूको जिल्ला भेला गर्ने निर्णय पनि गरेको छ ।

बैठकले शैक्षिक विकृति, स्वास्थ्य माफिया, वातावरणीय पर्यावरणको दोहन, कृषक समस्या, मेडिकल माफिया, लघुवित्तको ठगी, मिटरब्याजीहरूका विरुद्ध सङ्घर्ष केन्द्रित गर्ने भएको छ ।

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ । नेकपा (बहुमत) ले आफ्नो पार्टीका तत्कालीन र दीर्घकालीन रणनीतिक एवम् कार्यनीतिक सवालहरूमा जिल्लाभरि भित्तेलेखन (वालपेन्टिङ) गर्ने भएको छ ।

बैठकमा प्रमुख अतिथिका रूपमा रूपन्देही–पाल्पा जिल्ला इन्चार्ज प्रवेश र अतिथिका रुपमा नवलपरासी इन्चार्ज शीतलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :