नेकपा (बहुमत) मकवानपुरद्वारा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ

नेकपा (बहुमत) मकवानपुरद्वारा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुर जिल्ला पार्टीको आयोजनामा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम सोमबार जिल्ला संयोजक शक्तिको नेतृत्वमा सम्पन्न भएको छ ।

उक्त घेराउ कार्यक्रममा राज्यका शासकहरू जनताप्रति उत्तरदायित्व नभएको, तुरुन्तै बढ्दो महँगी नियन्त्रण गर्न दवावसहित सभालाई मीनबहादुर गौतमले सम्बोधन गरेका थिए ।

यस्तै कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर, एमसीसी खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, नेकपा (बहुमत) जिन्दावाद, वीर सहिद लाल सलाम जस्ता नारासमेत लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :