नेकपा (बहुमत) मकवानपुरमा शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) मकवानपुरमा शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

मकवानपुर : नेकपा (बहुमत) मकवानपुरले शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकपछि पार्टीका जिल्ला इन्चार्ज रवि र संयोजक शक्तिद्वारा जारी विज्ञप्तिमा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, चुनावपरस्त विप्लव समूहको विचलनलाई जनस्तरमा स्पष्ट पार्ने, प्रशिक्षण अभियान चलाउने, महँगी, कालोबजारियामाथि कारबाही गर्ने निर्णय गरिएको उल्लेख छ ।

त्यसैगरी बैठकले मिटरब्याज, वित्तीय संस्था एनजीओ, आईएनजीओ, सामाजिक विभेद, नीतिगत भ्रष्टाचार, तस्करीविरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले क्रान्ति विजय निकट रहेको अवस्थामा महाविपद् र धक्काको सामना गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति अन्तिम लडाइँमा गोलबद्ध हुन आमजनसमुदायमा हार्दिक अपिल गरेको छ । विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

रक्तबीजहरूको प्रिय नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिको विजय उन्मुख हुँदै गर्दा दर्शनमा सारसङ्ग्रहवादी, राजनीतिमा संसदीय संशोधनवादी, सङ्गठनमा निषेधात्मक, अधिभूतवादी, सङ्घर्षमा आत्मसुरक्षावादी र अर्थमा जुझारु अर्थवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्दै र क्रान्तिलाई पुनर्गठन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति सङ्घर्षरत रहेको सबैमा जानकारी नै रहेको छ । क्रान्तिलाई नयाँ उचाइमा उठाउँदै मकवानपुर जिल्ला पार्टीको मिति २०७९/०२/२० गते दोस्रो पूर्ण बैठक नवौँ महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज क. नयन, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य मकवानपुर जिल्ला इन्चार्ज क. रवि, केन्द्रीय सल्लाहकार सदस्य माधवलाल श्रेष्ठको आतिथ्यतामा बस्यो र महत्वपूर्ण निर्णय गर्यो : १. जिल्लाका संयोजक क. शक्तिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरियो । उक्त बैठकले संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, चुनावपरस्त विप्लव समूहको विचलनलाई जनस्तरमा स्पष्ट पार्ने, प्रशिक्षण अभियान चलाउने, महँगी, कालोबजारी, दैनिक उपभोग्य वस्तुहरूमा कृत्रिम अभाव उत्पन्न गरी कालो व्यापार गर्नेलाई कारबाही गर्ने, मिटरब्याज, वित्तीय संस्था एनजीओ, आईएनजीओ, सामाजिक विभेद, नीतिगत भ्रष्टाचार, तस्करीविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ । क्रान्ति विजय निकट रहेको अवस्थामा महाविपद् र धक्काको सामना गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति अन्तिम लडाइँमा गोलबद्ध हुन आमजनसमुदायमा हार्दिक अपिल गर्दछौँ । प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :