नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको बिशेष भेला तथा बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि ब्युरो इञ्चार्ज समरजङ्गले विप्लवमा पहिल्यैदेखि आएको राजनैतिक वैचारिक स्खलन् शिवगढीको १२ औँ पूर्ण बैठकमा विष्फोट मात्र भएको बताए । उनले भने, ‘हामीले पार्टी र क्रान्तिको पुनर्गठन गरेर आएका छौँ र हामी निरन्तर क्रान्तिको बाटोमा लम्किरहने छौँ ।’

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य आर्जन, केन्द्रीय सदस्य यामराज, केन्द्रीय सल्लाहकार अर्पनलगायतले प्रशिक्षण मूलक भनाई राखेका थिए ।

सहिदप्रति श्रद्धाञ्जलीबाट सुरू गरिएको भेलाले तिलक पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नेकपा (बहुमत) को सुर्खेत जिल्ला सम्मेलन आयोजक समिति पुनर्गठन गरिएको छ ।

बैठकले राजनैतिक वैचारिक साङ्गठनिक र सङ्घर्ष सम्बन्धी विविध निर्णय गर्दै उक्त भेला तथा विशेष बैठक तिलक पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :