नेकपा (बहुमत) नवलपुरको जिल्ला भेला सम्पन्न

नेकपा (बहुमत) नवलपुरको जिल्ला भेला सम्पन्न

कावासोती : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्लाको प्रथम जिल्ला भेला आज कावासोतीमा सम्पन्न भएको छ । विशालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दुल रहेका थिए । जिल्ला भेलाले विशाल संयोजक रहने गरी १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शार्दुलले वैज्ञानिक समाजवाद प्राप्त गर्न वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा लामबद्ध हुनुपर्ने बताए । उनले नेपाली क्रान्तिको अभिभारा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जुनसुकै मूल्य चुकाउन परे पनि वैज्ञानिक समाजवाद प्राप्त गरि छाड्ने बताए ।

यसैगरी भेलालाई केन्द्रीय सल्लाहकार सदस्य विश्वास र नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बन्दनाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :