राष्ट्रघाती एमसीसीविरूद्ध बाङ्गेसिमलमा साँस्कृतिक अभियान

राष्ट्रघाती एमसीसीविरूद्ध बाङ्गेसिमलमा साँस्कृतिक अभियान

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको आयोजना तथा प्रभात स्मृति साँस्कृतिक परिवारको प्रस्तुतिसहित राष्ट्रघाती एमसीसी खारेजीका लागि जनजागरण अभियान मङ्गलबार वीरेन्द्रनगर–१, बाङ्गेसिमल बजारमा सम्पन्न भएको छ ।

विभिन्न साँस्कृतिक प्रस्तुति सहितको साँस्कृतिक सभालाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले जनताले शान्तिपूर्ण रूपमा राष्ट्रघाती एमसीसी खारेजी र राजनीतिक परिवर्तनको लागि उठाएको आवाजलाई सुनुवाई भएन भने जनताको विद्रोहलाई कसैले रोक्न नसक्ने र त्यो विद्रोहले दलालहरूलाई ठेगान लगाई छाड्ने बताए ।

जिल्ला सेक्रेटरी ध्रुवको विशेष उपस्थितिमा जनवादी नृत्य गीत गजल र कवितासमेत प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन शैलेन्द्रले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी वीरेन्द्रनगरका इञ्चार्ज यामराजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :