नेकपा प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्रीबीच भेटवार्ता, बाँकी बन्दी रिहा र मुद्दा खारेज छिट्टै गर्ने सहमति

नेकपा प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्रीबीच भेटवार्ता, बाँकी बन्दी रिहा र मुद्दा खारेज छिट्टै गर्ने सहमति

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ ।

भेटका क्रममा तीन बुँदे सहमति कार्यान्वयन सम्बन्धी बन्दी रिहा गर्ने र नेताकार्यकर्ताकाे मुद्दा खारेजीकाे विषयलाई तदारुकता प्रदान गर्ने छलफल भएको छ । भेटमा रिहा हुन बाँकी रहेका बन्दीहरुलाई र मुद्दा खारेज हुन बाँकी रहेका विषयलाई छिट्टै टुङ्ग्याउने सहमति भएको बताइएको छ ।
त्यसैगरी भेटका क्रममा प्रधानमन्त्री देउवा र नेकपा प्रवक्ता प्रकाण्डबीच देशको समसामयिक राजनीतिक परिस्थिति र आसन्न स्थानीय चुनावको बारेमा पनि छलफल सकारात्मक भएको छ ।

भेटमा सरकारको तर्फबाट प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँड र गृहसचिव टेकनारायण पाण्डेकाे पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :