जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

उदयपुर : जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

जनपत्रकार सङ्गठन नेपालका उदयपुर जिल्ला अध्यक्ष अनिता गजमेरको नेतृत्वमा गएको टोलीले शाखाका कार्यवाहक अध्यक्ष भरत खड्कालाई कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएको हो । सम्पूर्ण पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार सङ्गठनले ज्ञापनपत्र बुझाएको सङ्गठनका अध्यक्ष अनिता गजमेरले बताइन् ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरूको न्युनतम् पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरिएको छ । ‘हामीले सदस्यहरूको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरेका छौँ ।’ अनिताले भनिन् पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस् भन्ने माग गरेका छौँ ।’

सङ्गठनले समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरूको बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरिएको छ । पत्रकारहरूको स्वास्थ्य बीमा, जीवन बीमा र सञ्चार, सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले सङ्गठनले बुझाएको ज्ञापनपत्र कार्यवाहक अध्यक्ष भरत खड्काले आफुले बुझेको बताएका छन् । पत्रकारको हकहितकै लागि ज्ञापनपत्र बुझाएकाले आफुहरूले बुझेको खड्काको भनाई रहेको छ । महासंघका अध्यक्ष भरत खड्काले यो ज्ञापनपत्रले थप जिम्वेवार बहन गरि महासंघ अगाडि बढ्ने उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :