नेकपा उदयपुरको जिल्ला बैठक सम्पन्न

नेकपा उदयपुरको जिल्ला बैठक सम्पन्न

उदयपुर: नेपाल कम्युनिष्ट पार्टी उदयपुरको बैठक सम्पन्न भएको छ । पार्टीले उक्त बैठकबाट १२ औं केन्द्रीय समितिकाे निर्यण जिल्लामा दृढतापूर्वक कार्यान्वयन गर्ने निर्यण समेत गरेको छ ।
साथै राष्ट्रघाती एमसीसी विरुद्ध जनसंघर्ष संचालन गर्ने निर्णय गरेको छ । उक्त बैठक जिल्ला सेक्रेटरी लक्ष्मणको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर, ओखलढुङ्गा इन्चार्ज विवेक कुमालको प्रमुख अतिथिमा बैठक बसेको थियो ।

उक्त बैठकले जिल्ला कमिटीमा ६ जनालाई थप गरेको छ ।
बैठकले गरेको निर्णयहरु यसप्रकार छ:-
1) बैठकको आरम्भमा वर्गिय आन्दोलनमा सहादत प्राप्त गर्ने महान विर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट माैनधारण गरियो ।
2) राष्ट्रवादीहरुको बिचमा व्यापक ध्रुवीकरण गर्ने ।
3) राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध जनसंघर्ष संञ्चालन गर्ने ।
4) दलाल संसदीय व्यवस्थाको व्यापक भण्डाफोर गर्दै अभियान संचालन गर्ने ।
5) दलाल संसदीय व्यवस्थाकाे विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहका लागि जनमत संकलन गर्ने ।
6) दलाल संसदीय व्यवस्थाद्वारा गरिने स्थानीय चुनावमा राष्ट्रवादी, स्वतन्त्र उमेदवार, बाैद्दिक व्यक्तित्व, दलित, महिला, जनजाति, स्वच्छ छवि भएका व्यक्तिहरुलाई सहयोग गर्ने ।
7) भ्रष्टाचार, राष्ट्रघाति, जनघाति साथै सामाजिक अपराधीहरुलाई जनकारबाही गर्ने ।
8) उत्पादनलाई जोड दिदै २ बिगा जमिनमा धान रोप्ने, एउटा पोखरीमा माछा पालन गर्ने निर्णय गरेको छ ।
9) जिल्ला कमिटी सदस्य राम कृष्ण सदाले एक कठ्ठा जमिन दिने र पार्टी कार्यालय बनाउने, निर्माण कार्यको जिम्मा दुर्गा तामाङ, राम कृष्ण सदा, भरत बस्नेतलाई जिम्मा दिने निर्णय गरेको छ ।
10) ३० गते जिल्लाका नेताकार्यकर्ताको राजनीति प्रशिक्षण गर्ने ।
11) उदयपुर जिल्लाको कम्युनिस्ट आन्दोलनका पुराना नेता पुर्ण बहादुर खत्री क. (खेताला) बा को २०७८ चैत २ गते निधन भएको र नेकपाको बैठकले श्रद्धाञ्जली शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :