माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

माल्कोटमा हतियार खोस्ने महिलालाई नेकपाद्वारा उच्च सम्मान

कालिकोट: आज २५ औं महिला प्रतिरोध दिवस कालिकोट जिल्लाको माल्कोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक भव्य जनसभा कार्यक्रमको आयोजना गरी प्रतिरोध दिवस मनाएको छ । जनसभामा नेकपाका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले प्रतिरोध आन्दोलनमा सहभागी घाइते महिला पुना र विजा विकलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । उनीहरुले महिलाहरुको साहसिक प्रतिरोध आन्दोलन इतिहासमा कहिलै पनि नमर्ने बताएका छन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य शान्ति विकले महिलाहरुको साहासिक कदम अजम्वरी रहेको बताएका छन् ।
वि.स. २०५४ साल चैत्र २६ गते आजैको दिन जनदमनमा माल्कोट विथोलडाँडा पुगेको प्रहरीमाथि महिलाहरुले संगठित रुपमा प्रतिरोध गरी पत्तासाफ गरेको दिनलाई नेकपाले हरेक वर्ष महिला प्रतिरोध दिवसको रुपमा मनाउदै आएको थियो ।

महिलाहरुले जनदमनमा गएको प्रहरीका हातहतियार समेत खोसेर तत्कालिन जनयुद्ध गरिरहेको नेकपा (माओवादी) लाई समेत बुझाएका थिए ।

यो घटनामा एक जना होनहार कालि बहादुर विकको उच्च साहदत भएको थियो भने प्याउकली विकसहित ६ जना महिला गोली लागि घाइते भएका थिए । घाइतेमध्येकी प्याउकली विकको ७८ वर्षको उमेरमा गत माघमा कालगतिले निधन भएको छ भने रिउली विकको अझै पहिलै निधन भएको छ ।
तत्कालिन नेकपा (माओवादी) ले यो घटनामा महिलाहरुले उच्च साहसिक काम गरेको भन्दै प्रत्येक वर्ष महिला प्रतिरोध दिवस मनाउने निर्णय गरेको थियो । माओवादी विभाजनपछि अरु विभाजित माओवादी घटकहरुले यो दिवस नमनाए पनि विप्लव नेतृत्वको नेकपाले भने प्रत्येक वर्ष महिला प्रतिरोध दिवस मनाउने गरेको छ ।
इतिहासमा महिलाहरुले उच्च साहसका साथ जनदमनमा गएको प्रहरीमाथि देशभरकै पहिलो प्रतिरोध गरेका थिए । यो घटनाले कालिकोटमा जनयुद्ध संचालन गर्दै आएको तत्कालिन नेकपा (माओवादी) लाई धेरै नै उचाईमा पुर्याएको थियो । माल्कोट नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डको गृह स्थान पनि हो । यहाँ पुरानो सत्ताप्रति प्रतिरोधी चेतना उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :