नेकपा ओखलढुंगाको १२ औं बैठक सम्पन्न

नेकपा ओखलढुंगाको १२ औं बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको १२ औं जिल्ला बैठक सम्पन्न भएको छ ।

उक्त बैठक नेकपाका केन्द्रिय सदस्य तथा ओखलढुंगा, उदयपुर जिल्लाका इन्चार्ज विवेक कुमालको प्रमुख आतिथ्यता र ओखलढुंगा सेक्रेटरी दिनेशको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

उक्त बैठकले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकद्वारा पारित निर्णयलाई जिल्लामा कार्यनयन गर्ने, एमसीसी विरोधी र राष्ट्रवादी शक्तिलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने, राष्ट्रवादी व्यक्तित्वलाई स्वतन्त्र रूपमा चुनाव लड्न प्रेरित गर्ने,
भ्रष्टाचार, महङ्गी र एमसीसीविरुद्ध भण्डाफोर र संघर्ष गर्ने निर्णयसहित जिल्ला पार्टीद्वारा घोषित कार्यक्रमलाई सशक्त ढङ्गले अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
बैठकको संचालन ओखलढुंगा सेक्रेटरी दिनेशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :