नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न भएको छ ।

नेकपा कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला सेक्रेटरी तुलसी नारायणको प्रमुख आतिथ्यता र नगर इन्चार्ज प्रविणको अध्यक्षतामा बैठक आइतबार सम्पन्न भएको छ । 

बैठकमा जिल्ला समिति सदस्यहरु सिद्धार्थ, रणबिर, विवश, सुर्य, सुरेन्द्र लगायत नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्ला पार्टीद्वारा घोषित कार्यक्रमलाई सशक्त ढङ्गले अगाडि बढाउने निर्णयसहित बैठक सम्पन्न भएको छ ।

बैठकको सन्चालन चन्द्रागिरी नगर सेक्रेटरी प्रभाषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :