केन्द्रीय समितिको निर्णयलाई दृढतापूर्वक लागू गर्ने निर्णयसहित सिन्धुपाल्चोकको बैठक सम्पन्न

केन्द्रीय समितिको निर्णयलाई दृढतापूर्वक लागू गर्ने निर्णयसहित सिन्धुपाल्चोकको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निष्कर्ष र निर्णय बमोजिम अघि बढ्ने निर्णय गर्दै सिन्धुपाल्चोक जिल्ला समितिको १५ औं बैठक सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक/दोलखा इन्चार्ज प्रविणको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी युगीन अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले १ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
राष्ट्रघात र राष्ट्रिय स्वाधिनतामा केन्द्रीत गरेर राष्ट्रघाती र राष्ट्रवादी बीचको ध्रुवीकरण गर्ने, राष्ट्रिय स्वाधीनताको विषयमा जनसंघर्ष र जनपरिचालन गर्ने, दलाल पूजीवादी सत्ता र संसदीय व्यवस्थाको राष्ट्रघाती प्रवृति विरुद्ध भन्डाफोर गर्दै स्थानीय जनतासँग एकाकार हुने, राष्ट्रघाती तत्वहरुको विरुद्ध चुनावी मोर्चामा उत्पीडित वर्ग, समुदाय, घाइते योद्धा, महिला, समाजमा स्वच्छ छवि भएका पात्र, देशभक्त व्यक्ति, विभिन्न व्यवसाय समाजसेवी आदिलाई प्रतिनिधि बनाउने र सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीका जिल्ला विशेष समिति सदस्य किरण, मुकुन्द र दोलखा सचिव माधवको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :