नेकपा वडा कमिटी राेल्पाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा वडा कमिटी राेल्पाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्यूनिष्ट पार्टी वडा कमिटी सुनछहरी-५, जैमाकसला राेल्पाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । वडा कार्यालयकाे सभाहल जैमामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वडा कमिटीका सदस्यहरू, जनवर्गिय संगठनका प्रमुखहरू लगायतकाे सहभागिता रहेकाे थियाे ।
वडा कमिटीका सेक्रटरी आजादकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य सन्जिवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । नेकपा सुनछहरी गाउँ कमिटी इन्चार्ज हेमन्त, सेक्रेटरी हर्क, दीपक लगायतकाे आतिथ्यता रहेकाे थियाे । हिमालकाे स्वागत मन्तव्यमा भएकाे प्रशिक्षण कार्यक्रमकाे सहजीकरण डेनियलले गरेकाे आयाेजकले जनाएकाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :