नेकपा गुल्मीद्वारा दिवंगत नरबहादुरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा गुल्मीद्वारा दिवंगत नरबहादुरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

तम्घास: नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जनयुद्धका महान सहिद मनोजका बुवा नरबहादुर तरामु मगरको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टी जिल्ला सेक्रेटरी सुमनले आइतबार शोक वक्तव्य जारी गर्दै तरामु मगरको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । उनले वक्तव्यमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । वक्तव्यमा सेक्रेटरी सुमनले बुवा नरबहादुरले जनयुद्धकालदेखि एकीकृत जनक्रान्तिसम्म पार्टी र क्रान्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्दै आउनुभएको बताउदै महान सहिद मनोज र दिवंगत आदरणीय बुवा नरबहादुर तरामुको सपना पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
वक्तव्यमा भनिएको छ, “ आदरणीय बुवा नरबहादुर तरामु मगरप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । हाम्रो पार्टी महान सहिद क. मनोज र दिवंगत आदरणीय बुवा नरबहादुर तरामुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

सत्यवती गाउँपालिका वडा नंं २ चेहेमीमा स्थायी बसोबास गर्दै आएका नरबहादुरको ६७ बर्षको उमेरमा आइतबार दिउँसो ३ बजे घरमै निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगविरुद्ध उपचार गराइरहनुभएका तरामु मगरको जेठा छोरा मनबहादुर तरामु मगर ‘मनोज’को २०६० बैशाख २८ गते ठूलो लुम्पेकको सत्यवतीमा तत्कालीन शाही सेनाले घेरा हालेर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :