नेकपा उदयपुरको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण सम्पन्न

नेकपा उदयपुरको  जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण सम्पन्न

उदयपुर: नेपाल कम्युनिष्ट पार्टी उदयपुरको राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम पार्टी जिल्ला सेक्रेटरी लक्ष्मणको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुंगा जिल्ला इन्चार्ज विवेक कुमालको प्रमुख अतिथिमा जिल्लाका नेताकार्यकर्तालाई प्रशिक्षण गरेका छ्न् ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि विवेक कुमालले देशमा अहिले विकासको नाममा राष्ट्रघाती एमसीसी परियोजना भित्र्याएर देशमा गृहयुद्ध थुपार्न खाेजेको बताए ।
नेकपाले आगामी स्थानीय निर्वाचनमा दलाल संसदीय व्यवस्थामार्फत चुनिने दलालहरुलाई लखेट्ने र स्वतन्त्र, राष्ट्रप्रेमी, एमसीसी विरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताए ।

नेता विवेकले पार्टीको बाह्राै केन्द्रिय समितिको बैठकले स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर एमसीसी एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको कुरा बताए ।

गाउँगाउँमा फेरि पनि नेपाली जनतालाई बेकुफ बनाउदै गाउँगाउँमा सिंहदरबारको नारा लिएर दलाल, भ्रष्टाचारीहरु भोट माग्न आउँदा तिनीहरुलाई लखेट्न र स्वतन्त्र उम्मेद्वारलाई आफ्नो ठाउँबाट जनतालाई सहयोग गर्न समेत आग्रह गरे ।

तीन बुँदे सहमति इमानदारीका साथ सरकारले लागू नगरे नेपाली जनताले प्रतिरोध गर्ने कुरामा उनले जोड दिए ।

नेताकार्यकर्तालाई पार्टी विभाजन हुन्छ भन्ने हल्लाको भरमा नदौडिन आग्रह गर्दै अहिले देशको अवस्था अनुसारको पार्टीले तीन महिनाको लागि कार्ययोजना ल्याएको र आफ्नो आफ्नो फिल्डमा गएर जनतालाई यो दलाल संसदीय व्यवस्थाको स्थानीय चुनावको विकल्पमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको लागि जनमत संग्रहको लागि जनताको मत संकलन गर्ने र आफ्नो पार्टीको कार्ययोजनाबारे जनतालाई बुझाउन नेताकार्यकर्तालाई अनुरोध गरे ।         

कार्यक्रममा त्रियुगा नगर इन्चार्ज तथा विशेष कमिटी सदस्य मीन प्रसाद पोख्रेल र अमृत खत्रीले स्थानीय चुनावको बारेमा पार्टीले ल्याएको कार्ययोजना नै अहिलेको परिस्थितिमा सहि भएको भन्दै कसैलाई पनि भ्रममा नपर्नको लागि आग्रह गर्दै आफ्नो महत्त्वपूर्ण भनाईहरु राखेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य रौतामाई गाउँपालिका इन्चार्ज मन बहादुर दनुवार र कार्यक्रमको सञ्चालन नेकपा उदयपुर जिल्ला कार्यालय सचिव दुर्गा तामाङले गरेका थिए ।

कार्यक्रमका अध्यक्ष पार्टी जिल्ला सेक्रेटरी लक्ष्मणले नेपालको रक्षा र एकीकृत जनक्रान्तिलाई संरक्षण गर्नको लागि अहिले पार्टीको बाह्राै केन्द्रिय कमिटीको बैठकले लिएको कार्ययोजनालाई एक साथले कार्यन्वयन गरि अगाडि बढ्न नेताकार्यकर्तालाई आग्रह गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :