नेकपा सल्यान छत्रेश्वरी गाउँकमिटी वडा नं. ४ को प्रशिक्षण सम्पन्न

नेकपा सल्यान छत्रेश्वरी गाउँकमिटी वडा नं. ४ को प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सल्यान छत्रेश्वरी गाउँकमिटी वडा नम्बर ४ को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एमाले नेता, पूर्व विद्यालय अध्यक्ष, चर्चित तथा नमुना सुन्तला उत्पादक कृषक दिपेन्द्र कवरसहित  मेघराज वली, विष्णु कवर, टिकाराम बुढा, विष्णी बुढा, काैशिला बुढा र चित्र बहादुर पुन लगायत ७ जना एमाले  परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा  प्रवेश गरेका छन् ।
कार्यक्रममा  कार्यकर्ता प्रशिक्षणमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान इन्चार्ज सविनले राज्यसत्ता बदल्ने दुई वटा तरिका हुने गरेको भन्दै एउटा जनसंघर्ष, बल प्रयोग र अर्को जनताको अभिमत र शान्तिपूर्ण आन्दोलनमार्फत हुने गरेको बताए । उनले भने, `हामी अहिले शान्तिपूर्ण रुपमा राज्य बदल्ने अभियानमा रहेका छाैँ । राज्यसत्ताकाे दाेहन गर्नेका विरुद्ध कारवाही गर्दा र जनताको ठुलो हिस्सा गाेलबन्द हुदै गएको अवस्थामा संगठित सहभागी हुन नदिन हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएकाे र जनताको समर्थन र हाम्रो पार्टीको प्रभाव थेग्न नसक्दा राज्यले हाम्रो पार्टीसँग तीन बुँदे सहमति गरेको छ । तर याे सहमति कार्यन्वयन गरेको छैन ।´

सरकार तीन बुँदे सहमति कार्यान्वयन गर्न इमानदार नबने जनताको तहबाट प्रतिरोध संघर्ष सुरु हुने चेतावनी दिए ।

smart

टाेप बहादुर केसीकाे अध्यक्षता तथा विजयकाे सञ्चालनमा भएको कार्यक्रमकाे प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन, विषेश कमिटी सदस्य लाेकपाल, जिल्ला सदस्यहरु टंक प्रकाश केसी, प्रकाश गिरी, सहिद परिवारकाे तर्फबाट टिका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य प्रदिपले स्वागत मन्तव्य राखेका थिए ।

साथै नेपाल कम्युनिस्ट पार्टीको उत्पादन नीति अन्तरगत आफ्नै उत्पादन जहु काटेर श्रममा सहभागी भएर कार्यक्रममा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :