युवा संगठन नेपाल रुकुम पश्चिमले बुझायो ज्ञापनपत्र

युवा संगठन नेपाल रुकुम पश्चिमले बुझायो ज्ञापनपत्र

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेमार्फत एमसीसी खारेजी सहितका विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

उक्त संगठनले ज्ञापन पत्रमार्फत एमसीसी परियोजना खारेज गरिनुपर्ने, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यबृद्वि तथा महँगी नियन्त्रण गरिनुपर्ने, युवाहरूलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गरिनुपर्ने र कालो बजारी नियन्त्रण गरिनुपर्ने लगायतका मागहरूसहित ज्ञापनपत्र वुझाएको छ ।

त्यस्तै एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयले देश अहिले गम्भीर सङ्कटमा रहेको छ । यो विषयले देश दुई धुर्वमा बिभाजित हुनु दुःखद् बिषय हो देशभर बहुसङ्ख्या जनताहरूले यो सम्झौता राष्ट्रघाती भएकोले खारेजीको माग उठाउँदा उठाउँदै पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात गर्न खोजिरहेको हाम्रो युवा संगठन नेपाल रुकुम पश्चिमको ठहर रहेको छ ।

त्यस्तै देशलाई अहित हुने बिदेशी सहयोग हामीलाई चाहिँदैन भनि युवा संगठन नेपाल रुकुम पश्चिमले नेपाल सरकारको आर्थीक संकलन गरि नेपाल सरकारको नाम जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममार्फत पठाएका छौँ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :