एमसीसी सम्झौताबिरुद्ध कैलालीमा संयुक्त दलहरूको विरोध प्रदर्शन

एमसीसी सम्झौताबिरुद्ध कैलालीमा संयुक्त दलहरूको विरोध प्रदर्शन

 

कैलाली : अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाहरूको संयुक्त आयोजनामा शुक्रबार कैलालीको अत्तरियामा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

उक्त विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हितमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनीतिको अङ्ग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा, भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जामाथि नेपालका महत्वपूणर् खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियतामाथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागू हुन लागेको एमसीसी सम्झौता खारेज हुनुपर्नेमा नेता पुनले जोड दिए ।

उनले भने, “संसदवादी दलालहरूले गर्ने राष्ट्रहित विपरीतका एजेण्डाहरूलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूणर् देशभक्त न्यायप्रेमी जनसमुदायहरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने बताउँदै सबै सचेत नागरिकले राष्ट्रियता स्वाभिमान स्वाधीनता जोगाउन आन्दोलनको बाटोमा उभिन नेता पुनले अपिल गरे । सयुक्त मोर्चाहरूका तर्फबाट सहभागी अन्य वक्ताहरू सबैले राष्ट्रघाती एमसीसी खारेज हुनुपर्नेमा जोड दिएका थिए ।

सयुक्त रुपमा गरिएको उक्त बिरोध प्रदर्शन राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावाद जस्ता नारा जुलुससहित अत्तरियाको बजार परिक्रमा गरी अन्तिममा महेन्द्रनगर रोडको वरपिपल गल्लीमा गएर कोण सभामा परिणत भएको थियो । नेपाल कम्युनिस्ट पार्टी कैलालीका गोदाबरी नगर इन्चार्ज समुन्द्र थापाले सञ्चाल गरेका थिए र उक्त बिरोध सभामा संयुक्त मोर्चाका नेताकार्यकर्ताहरूका साथै अत्तरिया क्षेत्रका व्यवसायी र विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :