राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नुवाकोटको बिदुर बजारमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नुवाकोटको बिदुर बजारमा विरोध प्रदर्शन

नुवाकोट : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले शुक्रबार विरोध प्रदर्शन कार्यक्रम गरेको छ ।

नुवाकोटको बिदुर बजारमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी सिर्जनले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने, एमसीसी सम्झौता राष्ट्रको हित बिपरीत रहेको, यो सझौता कुनै पनि हालतमा पास गर्न दिनु हुँदैन, एमसीसी देशको स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जोडिएकाले खारेज गर्नुपर्ने बताए ।

विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, GO BACK MCC, एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, एमसीसी पास गर्ने दलालहरू होसियार जस्ता अन्य नारासहित टायर बालेर बजार परिक्रमा पश्चात् कोणसभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :