नेकपा कैलालीको गोदाबरी नगर कमिटीको बैठक सम्पन्न

नेकपा कैलालीको गोदाबरी नगर कमिटीको बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको गोदाबरी नगर कमिटीको आठौँ पूर्ण बैठक नगर सेक्रेटरी रुपलाल देउकरको अध्यक्षतामा गोदाबरी नगरपालिका ६ स्याउलेमा सम्पन्न भएको छ ।

बैठकमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रमुख अतिथि ओमप्रकाश पुनले नेपालमा बढेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिले ढुवानीमा बृद्धि भई जनताहरूको उपभोग्य सामाग्रीको मूल्यबृद्धि र त्यसबाट गरीबहरूले भोग्नुपर्ने समस्याहरूलाई औंल्याउँदै यसका बिरुद्ध आवाज उठाउनु पर्ने बताए । स्वास्थ, शिक्षा, रोजगार र बसोबासको व्यवस्था गर्न नसक्ने राज्य व्यवस्थालाई हटाएर सुकुम्बासी बिहीन राष्ट्र, निःशुल्क स्वास्थ्य उपचार, समान शिक्षा प्रणालीका लागि दलाल संसदीय व्यवस्थालाई हटाएर वैज्ञानिक समाजवाद स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य रहेको बताउँदै पुनले भने, ‘उक्त वैज्ञानिक समाजवाद अहिले हाम्रो पार्टीले जनमतसङ्ग्रहमार्फत शान्तिपूर्ण तरिकाले स्थापना गर्ने भन्ने छ ।’ साथै नेता पुनले सबै जनताले संसदीय चुनाव नभई राजनीतिक व्यवस्था चुन्ने जनमतसङ्ग्रहका लागि सङ्घर्ष गर्न अपिल गरे ।

उक्त बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुन, अतिथिहरूमा जिल्ला पार्टी सचिवालय सदस्य समुन्द्र, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला इन्चार्ज लल्लन चौबे, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष महेश पतालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नगर सेक्रेटरी रुपलाल देउकरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :