एमसीसी खारेजीको माग गर्दै धनगढीमा उर्लियाे जनलहर 

एमसीसी खारेजीको माग गर्दै धनगढीमा उर्लियाे जनलहर 

धनगढी : अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसीसी) सम्झौता विरुद्ध नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा आइतबार कैलालीको धनगढीमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

उक्त विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले विकास परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हितमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा, भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियतामाथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एमसीसी सम्झौता खारेज हुनुपर्नेमा नेता पुनले जोड दिए ।

उनले भने,`संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदायहरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।´ यो राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने बताउँदै सबै सचेत नागरिकले राष्ट्रियता स्वाभिमान स्वाधीनता जोगाउन आन्दोलनको बाटोमा उभिन केन्द्रिय सदस्य पुनले अपिल पनि गरे । संयुक्त मोर्चाहरुका तर्फबाट सहभागी अन्य वक्ताहरु सबैले राष्ट्रघाती MCC खारेज हुनुपर्नेमा जोड दिएका थिए ।

बाक्लो जनसहभागिता रहेको उक्त विरोध प्रदर्शनमा राष्ट्रघाती MCC सम्झौता खारेज गर, MCC चाहिँदैन–देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दाबाद, संयुक्त आन्दोलन जिन्दावाद जस्ता नारा जुलुससहित धनगढीको बजार परिक्रमा गरी अन्तिममा जिल्ला प्रशासन अगाडि गएर कोण सभामा परिणत भएको थियो । नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्लाका सेक्रेटरी दीपेन्द्र चलाउनेले सञ्चाल गरेका थिए र उक्त विरोध सभामा संयुक्त मोर्चाका नेताकार्यकर्ताहरुका साथै विद्यार्थीहरुको पनि बाक्लो सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :