राष्ट्रघाती एमसीसीविरुद्ध नुवाकोट जिल्ला प्रशासन कार्यालय घेराउ

राष्ट्रघाती एमसीसीविरुद्ध नुवाकोट जिल्ला प्रशासन कार्यालय घेराउ

नुवाकोट : अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाहरूको संयुक्त आयोजनामा नुवाकोटमा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो  ।

नुवाकोटको बिदुर बजारमा सम्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा जिल्ला सेक्रेटरी सिर्जनले सम्बाेधन गर्दै राष्ट्रघाती एमसीसीकाे विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने, यो सझौता कुनै पनि हालतमा पास गर्न दिनु हुँदैन, एमसीसी देशकाे स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जाेडिएकाले खारेज गर्नुपर्ने बताए ।

विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैँ । GO BACK MCC, एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, MCC पास गर्ने दलालहरू होसियार, बिप्लव आउ देश बचाउ जस्ता अन्य नारासहित  बजार परिक्रमा पश्चात् काेणसभा भएको थियो भने लगतै बिदुर बजारमा टायर बालेर नारासहित उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :