अछाममा एमसीसी सम्झौताबिरुद्ध बिरोध प्रदर्शन

अछाममा एमसीसी सम्झौताबिरुद्ध बिरोध प्रदर्शन

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले एमसीसी सम्झौताबिरुद्ध बिरोध प्रदर्शन गरेको छ। शुक्रबार जिल्लाको सदरमुकाम मंगलसेन बजारमा बिरोध प्रदर्शन सहितको कोण सभा गरेको हो। बिरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो।

कोण सभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले नेपालमा विकासको नारा लिएर आएको एमसीसी परियोजना राष्ट्रका लागि घातक रहेको बताए । उनले यदि नेपालमा एमसीसी परियोजना संसदबाट पास भएर लागू भएमा नेपाल इराक र अफगानिस्तान जस्तै हुने जिकिर गरे । अमेरिका लगायत बिभिन्न मुलुकले नेपाललाई दिने अनुदानहरू मन्त्री र सचिवले पास गरे हुने तर एमसीसी पास गर्न संसद चाहिने कुराप्रति तिमिल्सिनाले आपत्ति जनाए । उनले एमसीसी पास गर्न खोज्ने प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको पार्टीलाई त्यसो नगर्न चेतावनी समेत दिए । जनताको भावना माथि नखेल्न आग्रह गर्दै अन्यथा जनताले हिसाब गर्ने उनले बताए ।

एमसीसीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले नारावाजी गर्दै मंगलसेन बाजार परिक्रमा गरेका थिए। प्रदर्शन कार्यक्रमलाई बीच बजार चोकमा कोण सभामा परिणत गरिएको थियो। कोण सभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सदस्य तथा कमलबजार नगर इन्चार्ज एकेन्द्र नाथले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :