पूर्व असईसहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपामा प्रवेश

नेकपा अछामद्वारा तुर्माखाद गाउँपालिका ८ धमालीमा वडा भेला सम्पन्न

पूर्व असईसहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपामा प्रवेश

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले तुर्माखाद गाउँपालिका ८ धमालीमा वडा भेला सम्पन्न गरेको छ । पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा वडा भेला सम्पन्न गरेको हो । सोमबार एक कार्यक्रमको आयोजना गर्दै सो भेला सम्पन्न गरिएको हो ।

भेलाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले देशमा विद्यमान राष्ट्रिय समस्याको बिषयमा बोल्दा आफूहरूमाथि प्रतिबन्ध लागेको बताए । उनले दलाल संसदीय व्यवस्थाका कारण देश गम्भीर सङ्कटमा परेको बताए । तिमिल्सिनाले देशमा विद्यमान सबै समस्या समाधान गर्न वैज्ञानिक समाजवादी व्यवस्था एक मात्र विकल्प रहेको कुरा स्पष्ट पारे । साथै उनले नयाँ आउने वडा कमिटीलाई शुभकामना समेत दिए ।

युवा सङ्गठन नेपाल अछामका जिल्ला कमिटी सदस्य गोकर्ण विष्टको स्वागत मन्तब्यबाट सुरु भएको भेलामा लोकेन्द्रबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सचिवालय सदस्य निरक शाही, जिल्ला सचिवालय सदस्य तथा तुर्माखाद गाउँपालिका इन्चार्ज किशोर शाही, बान्नेगडी जयगड र मेल्लेख गाउँपालिका इन्चार्ज तिलक बिष्ट लगायत सम्पूर्ण जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधि अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल अछामका सचिव कुमार क्षेत्रीले गरेका थिए ।

उक्त भेलाले नमराज धमालाको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । बन्द सत्रका प्रमुख अतिथि नेकपाका जिल्ला सचिवालय सदस्य निरक शाहीले बधाई तथा प्रशिक्षण दिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशामा ध्रुवीकृत हुनेहरूको पनि लहर लागेको छ । नेपाल प्रहरीको असई पदबाट राजीनामा दिएका तपेन्द्र शाहीसहित ३६ जना नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :