जनगणतान्त्रिक सम्पर्क मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन माघ ८ र ९ मा

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी माघ ८/९ गते काठमाडौँमा हुने भएको छ । मञ्चको केन्द्रीय समितिको बैठकले आगामी सम्मेलनका लागि विभिन्न विभाग गठन गरी जिम्मेवारी तोकेको जनाइएको छ ।

समाचारअनुसार आर्थिक विभागमा कमानसिंह, व्यवस्थापनमा पूर्ण श्रेष्ठ, विधान, प्रतिवेदन तथा मुखपत्र विभागमा टीका चौधरी र सञ्चार तथा प्रचारप्रसार विभागको जिम्मेवारी खेम प्रधानलाई दिइएको छ । उक्त बैठकले सङ्गठन विस्तार तथा जिल्ला बैठक र भेलाहरू तीव्र रूपले अगाडि बढाई सम्पन्न गर्ने र सङ्घर्षका कार्यक्रमहरू प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकको अध्यक्षता जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका अध्यक्ष कमानसिंहले गरेका थिए भने बैठकका प्रमुख अतिथि फ््रयाक्सन इन्चार्ज मिलन थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :