नेकपा अछामद्वारा ८ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न

नेकपा अछामद्वारा ८ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लामा बिभिन्न कार्यक्रमहरू गर्दै ८ औं पार्टी पुनर्गठन दिवस सम्पन्न गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार जिल्लामा बिभिन्न कार्यक्रम गरिएको हो । बुधबार बिहानै जिल्ला सदरमुकाम मंगलसेनमा चोक तथा बजार सरसफाईसँगै जिल्लाका विभिन्न प्रमुख ठाउँहरू, पार्टी कार्यालय र जिल्ला प्रवेशद्वारहरूमा ब्यानर तथा झन्डा टाँगिएको थियो ।

दिउँसो पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रमममा अध्यक्षको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामका सचिव तपेन्द्र तिमिल्सिनाले अजको दिन ऐतिहासिक महत्वको दिन रहेको बताए । उनले प्रचण्डले सिध्याएको क्रान्तिलाई पुनरसंगठित गरेर अगाडि बढाएको, एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्रै वर्गीय विभेद र उत्पीडन समाप्त गर्ने स्पष्ट पारे । उनले देशमा विप्लव आऊ देश बचाउ भन्ने खालको परिस्थिति शृजना भएको भन्दै देशमा विद्यमान सबै खाले समस्या हल गर्न वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक रहेको बताए । शुभकामना आदानप्रदान कार्यक्रमममा नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाहीले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको सञ्चालन नेकपा अछामका सचिवालय सदस्य लोकेन्द्र शाहीले गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रम पश्चात अबिर जात्रासँगै र्याली निकालिएको थियो । र्यालीमा नारा जुलुससहित नेकपाका नेता कार्यकर्ताले बाजार परिक्रमा गरेका थिए । बाजार परिक्रमा पश्चात देउडा खेल खेल्दै कार्यक्रम कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा अछामका सचिव तपेन्द्र तिमिल्सिनाले सम्वोधन गरेका थिए ।

कोण सभाको समापनपछि साँझ पख पार्टी कार्यालयमा दिप प्रज्वलन र पटाका पड्काएर पार्टी स्थापना दिवस सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :