८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा दाङमा दिप प्रज्वलन

८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा दाङमा दिप प्रज्वलन

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले बुधबार पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाभरी दिप प्रज्वलन र शुभकामना आदानप्रदानमार्फत पार्टी पुनर्गठन दिवस उत्सबको रुपमा मनाएको छ । मङ्सिर ६ गतेदेखि ८ गतेसम्म नेकपाले देशव्यापी पार्टी पुनर्गठन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि पार्टी पुनर्गठन दिवस मनाउँदै आएको हो ।

यस्तै नेकपा दाङले मङ्सिर ६ गते पार्टी पुनर्गठन दिवसको अवसरमा घोराहीमा मोटरसाइकल र्याली सम्पन्न गरेको थियो भने मङ्सिर ७ गते नेकपाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि पार्टी पुनर्गठन दिवस मनाएको हो । यस्तै बुधबार नेकपा दाङले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाका मुख्य शहरका चोकमा दिप प्रज्वलन, ठाउँठाउँमा झन्डा ब्यानर प्रदर्शन लगायत नेता–कार्यकर्ताहरूले एक आपसमा अबिर आवरण गर्दै शुभकामना आदानप्रदान गरि पार्टीको पुनर्गठन दिवसलाई उत्सबका रुपमा मनाइएको नेकपाले जनाएको छ ।

पार्टीका नेता–कार्यकर्ताहरूलाई अबिर लगाएर पार्टी पुनर्गठन दिवसको शुभकामना नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितल, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेताहरूले शुभकामना व्यक्त गरेका थिए ।

यस्तै नेकपा तुलसीपुर उप–महानगर कमिटीले तुलसीपुरको बिरेन्द्र चोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा पार्टी पुनर्गठन दिवसको शुभकामना व्यक्त गर्दै नेकपा बिशेष कमिटी सदस्य बिक्रमले दिप प्रज्वलनमा बलिरहेको बत्ती क्रान्तिको बत्ती भएको बताउँदै यसलाई कुनैपनि हालतमा निभ्न नदिने जिकिर गरे । उनले आफूहरूले नेपालमा चलिरहेको असफल संसदीय व्यवस्थालाई ध्वस्त पारेर जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि पार्टी पुनर्गठन गरेको समेत स्पष्ट पारे ।

दिप प्रज्वलन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति सदस्य एवम् दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :