नेकपा अछामद्वारा लयाटीमा वडा भेला सम्पन्न

नेकपा अछामद्वारा लयाटीमा वडा भेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले लयाटीमा वडा भेला सम्पन्न गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाटीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको हो । उक्त कार्यक्रमबाट विरबहादुर भुलको नेतृत्वमा १९ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समितिका सचिव तपेन्द्र तिमिल्सिनाले शुभकामना मन्तब्य राख्दै सर्बहारा श्रमजीवी जनताको राज्यसत्ता प्राप्त गर्नका लागि आफ्नो पार्टी निरन्तर सङ्घर्ष गरिरहेको बताए । उनले राज्यसत्ता प्राप्त गर्नका लागि सबै क्रान्तिकारी र देशभक्त शक्तिहरू एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आवश्यक रहेको बताए । साथै उनले एमसीसी जस्तो राष्ट्रघाती परियोजा नेपालमा लागू गर्न लागेको प्रति आपत्ति जनाउँदै त्यसका लागि आफूहरू कडा सङ्गर्ष गर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी पञ्चदेवल विनायक नगरकमिटी सचिव एमबी चलाउनेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सचिवालय सदस्य एवम् कार्यालय सचिव लोकेन्द्र शाही, जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल अछामका सदस्य इन्द्र नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :