क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनको संयोजकमा लामिछाने

क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनको संयोजकमा लामिछाने

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ जिल्ला समिति चितवनको बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न बैठकले जिल्ला समितिलाई पुनर्गठन गरी ओम लामिछानेको संयोजकत्वमा २९ सदस्यीय कमिटी निर्माण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्काले वर्तमान अवस्थामा मजदुरहरू सबैभन्दा पीडित भएको र सामाजिक सुरक्षा ऐनका कारणले मजदुरहरू भनेको जस्तो अधिकार प्राप्त नपाएको बताए । उनले मजदुरहरूले आफ्नो अधिकार प्राप्तिको लागि वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्र पाउने र सबैभन्दा उत्तम् व्यवस्था भनेको नै वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए ।

मजदुर सङ्गठन चितवनका जिल्ला इन्चार्ज हुकुम खड्काको सभापतित्वमा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्का, अतिथिहरू कालिका नगरपालिका इन्चार्ज पुरन राई, इच्छाकामना इन्चार्ज रघुवीर र अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष हिरामणि रहेका थिए भने कार्यक्रमको सञ्चालन ओम लामिछानेले गरेका थिए ।

सोही कार्यक्रममा चितवन जिल्लाका पूर्व मजदुर संयोजक पुरन राईलाई स–सम्मानसहित अविर र दोसल्ला ओढाई सम्मानपूर्वक विदाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :