नेकपा अछामद्वारा तीन महिने अभियान समापन

नेकपा अछामद्वारा तीन महिने अभियान समापन

अछाम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान समापन गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै अछामको मङ्गलसैन नगरपालिका वडा नं. १ सुवाखाद बजारमा उक्त अभियानको समापन गरिएको हो ।

गत साउन महिनाको ५ गते नेकपाको जिल्ला पार्टी कार्यालय मङ्गलसैनमा उद्घाटन भएको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान विभिन्न कामहरू गर्दै करीब तीन महिनापछि समापन गरिएको उक्त अभियानले अछामका सबै एरियाहरूमा पार्टी कमिटी, जनवर्गीय सङ्गठनहरू बिस्तार लगायत जनश्रम र खबरदारीका कामहरू गरेको छ ।

अभियान समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला सचिव तपेन्द्र तिमिल्सिना ‘सङ्घर्ष’ ले अभियानले अफ्नो उद्देश्य कुशलता पूर्वक हासिल गरेको त्यसका लागि सम्पूर्ण सहयोगी जनसमुदाय र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई हार्दिक धन्यबाद ज्ञापन गरेका छन् । साथै उनले अभियानले अध्ययन गरेका विभिन्न कुराहरूको जिल्लाको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने बताए ।

सङ्घर्षले वर्तमान समयमा दलाल संसदीय व्यवस्थाको असफलताका कारण देश सङ्कटमा परेको भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद नै भएको र त्यसका लागि अफ्नो पार्टीले जनमतसङ्ग्रहको एजेन्डा अगाडि सारेको बताए ।

कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टी अछामका नेता कार्यकर्ता लगायत स्थानीयको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका कार्यालय सचिव लोकेन्द्र शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :